News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटमा धनकुटा र ओखलढुंगामा देखिएको विवाद दुई पक्षको लेनदेनमा मिलाइएको छ।
- केन्द्रको निर्देशनपछि धनकुटामा २ जना इतर पक्षका र ओखलढुंगामा ४ जना संस्थापन पक्षका प्रतिनिधि थपिएका छन्।
- एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले दुवै जिल्लामा सहमतिका आधारमा प्रतिनिधि छनोट गरी केन्द्रमा पठाइएको जानकारी दिए।
२२ मंसिर, विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा धनकुटा र ओखलढुंगामा देखिएको विवाद दुई पक्षको लेनदेनमा मिलाइएको छ ।
धनकुटामा संस्थापन र ओखलढुंगामा इतर पक्षले एकलौटी रूपमा निर्वाचन गरेर प्रतिनिधि पठाएका थिए ।
जिल्लाले पठाएको प्रतिनिधिको सूचीलाई फिर्ता पठाउँदै केन्द्रले पुन: प्रतिनिधि छनोट गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनपछि दुई पक्षले प्रतिनिधिको संख्या लेनदेन गरी विवाद मिलाएका हुन् ।
एमाले स्रोतका अनुसार संस्थापनले एकलौटी गरेको धनकुटामा २ जना इतर पक्षका प्रतिनिधि समेटिएका छन् । धनकुटामा जम्मा १३ जना प्रतिनिधि छन् । ओखलढुंगामा ४ जना संस्थापन पक्षका प्रतिनिधि थपिएका छन् । ओखलढुंगामा १२ जना प्रतिनिधि छन् ।
ओखलढुंगामा ओली पक्षबाट पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी प्रतिनिधि छानिएका छन् ।
इतर पक्षबाट जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे प्रतिनिधि छन् ।
मङ्सिर १३ गते धनकुटामा राजेन्द्र राई पक्षले एकलौटी गरेको थियो । धनकुटामा इतर पक्षबाट दुई जना आएका छन् । धनकुटामा संस्थान पक्षले शान्तिराम गौतम र अर्जुन छाराहाङलाई फिर्ता बोलाएर इतर पक्षका निरेन तामाङ र मनोज राईको नाम थपिएको छ ।
केन्द्रको निर्देशनपछि दुवै जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छनोट गरी केन्द्रमा पठाइएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
‘दुवै जिल्लामा सहमतिका आधारमा प्रतिनिधि छनोट गरेका छौं,’ उनले भने,‘ छनोट गर्दा सहमतिका आधारमा केहीलाई फिर्ता बोलाएर नयाँ पठाइएको छ ।’
प्रतिक्रिया 4