९ माघ, ओखलढुङ्गा । ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचन लड्न स्वतन्त्र मनोनयन दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए । तर एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि गुरुङले टिकट पाएका थिए । त्यसबाट असन्तुष्ट तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले अमिरबाबु गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका छन् ।
यसअघि जनप्रतिनिधि र मन्त्री हुँदाखेरि गुरुङले गरेको कामबाट प्रभावित भएर आगामी दिनमा पनि जिल्लाको विकासमा गुरुङको योगदान महत्वपूर्ण हुने विश्वासका साथ आफूले उम्मेद्वारी फिर्ता लिएको तामाङले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4