२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ । भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले पहिलो खेल खेलिरहेको छ ।
केहीबेर अघिदेखि जारी खेलमा नेपालले आज इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।
पहिलो खेल हेर्ने नेपाली समर्थकहरू उत्साहित देखिन्छ । वाङ्खडे स्टेडियममा उल्लेख्य मात्रामा नेपाली समर्थकहरू पुगेका छन् ।
यता नेपालमा पनि समर्थकहरू उत्साहित भएर खेल हेरिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा महानगरले क्रिकेट हेर्ने वातावरण मिलाएको छ ।
टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा नि:शुल्क क्रिकेट हेर्ने वातावारण मिलाइएको छ ।
जहाँ समर्थकहरूको लोभलाग्दो उपस्थिति देखिन्छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।






प्रतिक्रिया 4