तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
१३ माघ, काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए ।
‘तीनवटा सवारी एक आपसमा ठोक्किएर केहीबेर अघि दुर्घटना भएको थियो,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने, ‘मोटरसाइकलमा आगलागी भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4