+
+
Shares

सिटिजन्स बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजका सेवामा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंक र काठमाडौं मेडिकल कलेजबीच ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
  • बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न फोनपेसँग सहकार्यमा 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ।
  • मोबाइल बैंकिङ एपबाट सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा नेपालमै पहिलो पटक बैंकले ल्याएको छ।

३१ असोज, काठमाडौं । सिटिजन्स बैंक र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले काठमाडांै मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकलाई लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकको भनाइ छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमबाट भुक्तानी गर्न तथा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि पाउन सफल यस बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ नामक नयाँ खाना सञ्चालन गरेको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?