News Summary
Generated by OK AI. Editorially reviewed.- सिटिजन्स बैंकले क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा 'क्यूआर मर्चेन्ट लोन' योजना ल्याएको छ।
- यस योजनाअन्तर्गत साना तथा मझौला व्यवसायीले ६ महिनाको औसत मासिक क्यूआर कारोबारको २५ प्रतिशतसम्म ऋण पाउन सक्नेछन्।
- ऋण सुविधा न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ र भुक्तानी मासिक किस्तामा गर्नुपर्नेछ।
२४ कात्तिक, काठमाडौं । सिटिजन्स बैंकले क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘क्यूआर मर्चेन्ट लोन’ योजना ल्याएको छ ।
यस अन्तर्गत साना तथा मझौला व्यवसायीहरूलाई क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले यो योजनालाई डिजिटल बैंकिङ यात्रामा नयाँ कदम भनेको छ ।
‘सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘यसमा व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।’
बैंकका अनुसार योग्य ग्राहकले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यो ऋण सुविधा अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ ।
ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्नेछ । ‘यो ऋण सुविधा मार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाइ सहयोग पुर्याउने लक्ष्य लिइएको छ’ प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले भने । बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त यस बैंकका विभिन्न ६१ जिल्लामा २०० वटा शाखा सञ्चालनमा छन् ।
प्रतिक्रिया 4