+
+
Shares

सिटिजन्स बैंकको ‘सेमिनार अन कोशी लिडरसिप’ सम्पन्न

गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्क्रिया भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १५:१५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘सेमिनार अन कोशी लिडरसिप : इन्स्पायरिङ पर्फर्मेन्स एन्ड एचिभिङ एक्सिालेन्स’ कार्यक्रम सम्पन्न गरेको छ ।

सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, डेपुटी सीईओ र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।

सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्क्रिया भएकोे छ ।

हालै मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा सेमिनार गरिएको र अन्य प्रदेशमा पनि यसै गरी क्रमश: आयोजना गरिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले आव २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समीक्षा अवधिमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसअघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो ।

त्यसैगरी निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो ।

त्यस्तै खुद ब्याज आम्दानीमा ११.२० प्रतिशत वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पूँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?