+
+
Shares

समाजवादी बाटोमा अघि बढ्ने एजेण्डाका गीत बन्नुपर्छ : भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताइन्।
  • भुसालले तिज अहिले एउटा पर्वको रुपमा रहेको र परिवर्तनबाट प्राप्त कुराहरू आम जनतासम्म पुर्‍याउनुपर्ने उल्लेख गरिन्।
  • उनले निरंकुश राजतन्त्र र समावेशी लोकतान्त्रिक गणतन्त्रमा पाएको मौलिक तथा नागरिक अधिकारबारे आम जनतालाई स्पष्ट पार्नुपर्ने बताइन्।

८ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले तिज एउटा पर्वको रुपमा रहेको बताइन् ।

परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्‍याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा बढाउने गरी प्रचार गर्नुपर्ने जरुरी रहेको भुसालको भनाइ थियो ।

‘तिज अहिले एउटा पर्वको रुपमा छ । परिवर्तनको  उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्‍याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने अहिलेको एजेण्डामा गीत रचना हुनुपर्छ,’ भुसालले भनिन् ।

निरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौं ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौं ? भन्नेबारेमा आम जनतालाई स्पष्ट पार्नुपर्ने पनि उनले बताइन् ।

‘निरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकार पायौं । त्यो बारेमा स्पष्ट बुझाउनुपर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?