
News Summary
Generated by OK AI. Editorially reviewed.- लाङटाङ सद्भावना दूत अशोक सिलवालको पुस्तक ‘एभरेस्ट’ लाङटाङ क्षेत्रको क्यान्जिङमा सार्वजनिक भएको छ।
- सिलवालले भने, ‘यो यात्रा वृतान्तमात्र होइन, मनमा जेनिफर र भूगोलमा जुलीसँगको सगरमाथा सम्वाद हो।’
- ‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो र उनी पर्यटन प्रशिक्षक तथा डकुमेन्ट्री निर्देशक पनि हुन्।
काठमाडौं । लाङटाङ सद्भावना दूत अशोक सिलवालको पुस्तक ‘एभरेस्ट’ लाङटाङ क्षेत्रमा सार्वजनिक भएको छ ।
‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’लाई स्थानीयहरुसहित गोसाईंकुन्ड गाउँपालिका–४ (लाङटाङ)का अध्यक्ष डिन्डु जाङ्वाले लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक गरेका हुन् ।
‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शीर सगरमाथाको यात्रा भए पनि यो भुईंतिरको यात्रा हो’, सिलवालले भने, ‘यो यात्रा वृतान्तमात्र होइन, मनमा जेनिफर र भूगोलमा जुलीसँगको सगरमाथा सम्वाद हो । बीचबीचमा आउने भरिया भाइ, हिमालयबासी र संसारका अनेक देशबाट सगरमाथा आएका यात्रीका संवेदनाहरुको दस्तावेज पनि हो ।’
‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तीतामीठा समेटिएको ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भव:’ प्रकाशित छन् ।
पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
प्रतिक्रिया 4