+
+
Shares

जूनेली इन्कले ल्‍यायो मल्टिपलडेस्क एप्लिकेसन, अब घरमै बसी अफिसको काम गर्न सकिने

प्रविधिको प्रयोगमार्फत घरमै बसीबसी अफिसको काम गर्न सक्‍ने आवश्यकतालाई मध्यनजर गर्दै, पूर्ण रूपमा नेपालमै निर्माण गरिएको र विश्वस्तरीय सुरक्षासहितको यो एप अब सबैको पहुँचमा ल्याउने तयारी गरिरहेको जूनेली इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अपार थेबेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १५:१०

काठमाडौं । नेपाली सफ्टवेयर कम्पनी जूनेली इन्कले तयार पारेको मल्टिपलडेस्क नामक रिमोट डेस्कटप एप्लिकेसन सार्वजनिक गरेको छ। कार्यशैली डिजिटल बनिरहेको समयमा, घरमै बसेर अफिसको कम्प्युटरमा पहुँच पाउने चाहना बढेसँगै जूनेली इन्कले उक्त सफ्टवेयर सार्वजनिक गरेको हो ।

प्रविधिको प्रयोगमार्फत घरमै बसीबसी अफिसको काम गर्न सक्‍ने आवश्यकतालाई मध्यनजर गर्दै, पूर्ण रूपमा नेपालमै निर्माण गरिएको र विश्वस्तरीय सुरक्षासहितको यो एप अब सबैको पहुँचमा ल्याउने तयारी गरिरहेको जूनेली इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अपार थेबेले बताए ।

उनका अनुसार मल्टिडेस्क एक रिमोट डेस्कटप एप्लिकेसन हो, जसले प्रयोगकर्तालाई संसारको जुनसुकै स्थानबाट आफ्नै अफिस वा घरको कम्प्युटरमा सजिलै कनेक्ट हुन सहयोग गर्छ।

उनले कुनै पनि व्यक्तिगत वा व्यवसायिक काम एपमार्फत नेपाली प्रविधिकर्मी, अफिस स्टाफ, बैंक, आईटी कम्पनी, शिक्षक, विद्यार्थी सबैका लागि उपयोगी बन्ने दाबी गरे ।

उनले भने, ‘आजको डिजिटल युगमा कामको सीमा कार्यालयको कोठामा मात्र सीमित छैन। कोरोना महामारीपछि धेरै कम्पनीहरूले घरमै बसी काम गर्ने, हाइब्रिड वर्क मोडल अपनाएका छन्। त्यहीकारण हामीले पनि अफिस वा घरको कम्प्युटर सजिलै एक्सेस गर्न सकिने डेस्कटप भर्सन लिएर आएका हौं।’

उनले विदेशी सफ्टवेयरहरू जस्तै टिम भ्यूअर, एनीडेस्कजस्ता महँगा विकल्पहरू अब मल्टिडेस्कले प्रतिस्थापन गर्ने जिकिर गरे । ‘नेपालकै उत्पादन भएको कारणले यसले स्थानीय प्रयोगकर्ताको आवश्यकता र समस्यालाई बढी गहिरो रूपमा बुझ्न सक्ने क्षमता राख्दछ।’ उनले भने ।

कुन प्रविधिमा आधारित छ मल्टिडेस्क एप ?

उनका अनुसार मल्टिडेस्क मा प्रयोग गरिएको AES 256-bit Encryption आजसम्मकै सबैभन्दा सुरक्षित डेटा इन्क्रिप्सन मानिन्छ। बैंक, सेना र सरकारमा प्रयोग हुने यो प्रविधिले तपाईंको डेटा, फाइल, र सत्रलाई पूर्णरूपमा सुरक्षित बनाउँछ।

उनले भने, ‘डेटा ट्रान्सफर गर्दा कुनै पनि तेस्रो पक्षले तपाईंको जानकारी हेर्न वा हस्तक्षेप गर्न सक्दैन। यसले प्रयोगकर्तालाई शून्य डर, शून्य जोखिमको वातावरण प्रदान गर्दछ।’

किन आवश्यक छ पेड भर्सन ?

मल्टिडेस्कले नि:शुल्क संस्करण समेत उपलब्ध गराएको छ, जसले साधारण प्रयोगकर्तालाई आवश्यक सेवा दिन सक्षम छ। तर व्यवसायिक प्रयोग, सुरक्षा, तथा उच्च क्षमताका लागि पैसा तिरेर पनि सेवा लिन सक्‍ने व्‍यवस्था रहेको सीईओ थेबेको भनाइ छ ।

‘हामीले सर्वासधारणको लागि नि:शुल्क भर्सन पनि उपलब्ध गराएका छौं। तर कर्पोरेट, बैंकलगायतका अति आवश्यक रहेका अफिसहरुलाई स:शुल्क सेवा प्रदान गरेका छौं।’ उनले भने ।

उनले सशुल्क लिँदा डेटाको उच्च सुरक्षा र अपडेट सुविधा पाइने, डबल फ्याक्टर अथनिकेशन, एडभान्स पायरवेल फिचर उपलब्ध गराउनेसमेत बताए ।

यसका साथै एडभान्स फिरचहरूमा सेशन रेकर्डिङ, फाइल ट्रान्सफर, क्लिपबोर्ड सिंक, मल्टि मोनिटर सपोर्ट र मल्टि डिभाइस एक्सेसलगायतका व्यावसायिक सुविधाहरूसमेत थप गरेको उनले बताए ।

यस्तै, फास्ट एण्ड स्टेबल पर्फरमेन्स, २४/७ दिन ग्राहक सेवा सहायता, व्‍यवसायिक रुपमा कानुनी मान्यता राखेर सेवा दिइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?