+
+
Shares

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादी, समाजवादी र जसपा नेपाल

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको बहस अगाडि बढाउन खोजिरहेका बेला माओवादी, जसपा नेपाल र एकीकृत समाजवादी पार्टीका सांसदहरूले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका छन्।
  • माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री भन्नेमा छलफल गर्न तयार रहेको बताए।
  • जसपा नेपालकी सांसद रेखा यादवले संविधानमा सुधार गरेर सबैले अपनत्व लिने वातावरण बनाउन सकिने बताएकी छन्।

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले आफूहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको बहस अगाडि बढाउन खोजिरहेका बेला उनीहरूले यस्तो बताएका हुन् ।

नेसनल लेजिस्लेटिभ एकेडेमीले बुधबार काठमाडौंमा संविधान कार्यान्वयनको समीक्षात्मक कार्यक्रम राखेको थियो । जहाँ विधायिकी अभ्यास, निर्वाचन प्रणाली, अन्तर सरकार सम्बन्ध र राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्था, अभ्यास र व्यवहारजन्य प्रवृतिका विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताए । संविधान जारी हुँदा नै आफ्नो पार्टीले राखेका नोट अप डिसेन्टकै आधारमा फेरि पनि संविधान संशोधन हुनुपर्ने रहेको उनले सुनाए ।

‘संविधान संसोधनबारे माओवादी प्रष्ट छ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री भन्नेमा छलफल गर्न तयार छौं । यसका साथै पूर्णसमानुपातिक निर्वाचन प्रणाली र सांसदहरू मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गरौं’ उनले भने ।

यसो गरे राजनीतिक स्थिरता आउने र सांसदहरू मन्त्री नबन्ने व्यवस्था हुँदा गुणस्तरीय कानुन निर्माण हुन सक्ने उनको आग्रह छ ।

उनी थप्छन्, ‘हामी जसरी प्रष्ट छौ यसैगरी कांग्रेस र एमाले प्रष्ट हुने हो भने संविधान संशोधन गर्न गाह्रो छैन । अन्यथा के विषयमा संशोधन गर्ने भन्ने छलफलमै मात्र बहस रुमलिन्छ ।’

नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा) ले पनि आफ्नो पार्टी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताइन् ।

वर्तमान संविधान र शासन व्यवस्था नेपालको हकमा नयाँ रहेको र नयाँ बाटो हिँड्दा कठिनाइ आउनु स्वभाविक रहेको उनले बताइन् । कठिनाइ पन्छाएर अगाडि जाने हो’ उनले भनिन्, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने हो भने कतिपय विकृति कम भएर जाने विश्वासमा हामी छौं ।’

जसपा नेपालकी सांसद रेखा यादवले संविधान जारी गर्दा विश्वकै उत्कृष्ट संविधान बनाएको भनेर खुसीयाली मनाउनेहरू १० वर्षमै निराश हुने अवस्था बनेको बताइन् । फेरि पनि संविधानमा सुधार गरेर सबैले अपनत्व लिने वातावरण बनाउन सकिने उनको आग्रह छ ।

‘पार्टीगत कुरा गर्दा हाम्रो नीति पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो । मन्त्री सांसदबाट बन्न नपाउने भन्ने हो’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?