
१२ भदौ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका दीपक विष्टको मृत्यु भएको हो ।
गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय विष्टको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4