+
+
Shares

हीराबाट बनेका ‘मिस नेपाल’का ४ ताज सार्वजनिक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल २०२५ का चार विधाका ताजहरू द हिडन ट्रेजर र श्री नट्राज ज्वेलर्सले सार्वजनिक गरेका छन्।
  • मिस नेपाल वल्र्ड आस्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत र आँचल शर्माले ताज सार्वजनिक गर्नुभयो।
  • मिस नेपाल २०२५ को ग्रान्ड फिनाले ललितपुरको गोदावरीमा आउँदो शनिबार आयोजना हुँदैछ र विजेताले ती ताज पहिरिनेछन्।

काठमाडौं । ‘मिस नेपाल २०२५’को ताज सार्वजनिक गरिएको छ । हीराबाट निर्मित यी ४ आकर्षक ताजलाई श्री नट्राज ज्वेलर्सले तयार पारेको हो ।

बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरले चार विधाका भिन्न–भिन्न ताज सार्वजनिक गरेको हो ।

मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो विधाका फरक डिजाइनका क्राउन सार्वजनिक गरियो ।

मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत र श्री नट्राज ज्वेलर्सकी व्यवसायिक दूत तथा अभिनेत्री आँचल शर्माले ताज सार्वजनिक गरे ।

सार्वजनिक चारै क्राउनलाई भिन्न डिजाइन र स्वरुपमा तयार पारिएको छ । डिजाइनको शैलीले सम्बन्धित विधाको महत्वलाई दर्शाउने द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले बताए ।

सो अवसरमा नट्राज ज्वेलर्सका गहना पहिरिएर २६ जना फाइनलिस्टले रनवे नापेका थिए । ‘मिस नेपाल २०२५’को ग्रान्ड फिनाले आउँदो शनिबार ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।

उक्त फिनालेमा विजेताले ती ताज पहिरिनेछन् । हिडन ट्रेजर प्रमुख स्थापितले ताज सार्वजनिक गर्ने अवसर कुनै समारोहभन्दा उच्च स्तरको रहेको बताए ।

उनका अनुसार द हिडन ट्रेजर र नटराज ज्वेलर्सले ५ वर्षको लागि यस्तो सम्झौता गरेका हुन् । यसवर्ष द हिडन ट्रेजरले स्थापनाको ३० औं वर्ष मनाउँदैछ ।

मिस नेपालको अफिसियल अनलाइन पार्टनरमा अनलाइनखबर डटकम र टिभी पार्टनरमा हिमालय टिभी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?