+
+
Shares

प्रधानमन्त्रीको चीन भ्रमणमा दुई विषय विवादास्पद देखियो : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १४:००
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई वटा विषय विवादास्पद देखिएको टिप्पणी गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन्, ‘प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई वटा कुरा विवादास्पद सुनिएको छ, देखिएको छ ।’

उनका अनुसार एउटा कुरा–  ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको भन्ने चिनियाँ पक्षले गरेको दाबीको विषय हो ।

यही १४ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकबारे विगतदेखि भइरहेको कूटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरू समेतको पृष्ठभूमिमा नेपालको प्रष्ट कुरा राखेका थिए ।

तर, उक्त भेटपछि जारी चीनको विदेश मन्त्रालयको चिनियो विज्ञप्तिमा नेपालले जीएसआई अवधारणामा समर्थन जनाएको उल्लेख छ ।

प्रस्तावबारे छलफल नै नभएको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले भने जीएसआई प्रस्तावबारे छलफल नै नभएको बताउँदै आएका छन् । यसको वास्तविकता के हो प्रष्ट हुन नसकेको र विवादास्पद रहन पुगेको पाण्डेको भनाइ छ ।

अर्को विवादास्पद विषयको रूपमा पाण्डेले चीनले जापानमाथि विजय प्राप्त गरेको अवसरमा आयोजित सैन्य परेडमा प्रधानमन्त्रीले भाग लिनु रहेको बताए । यो व्यवहार नेपालको असंलग्न परराष्ट्र नीतिको विपरित हुन पुगेको भनेर पाण्डेले प्रश्न उठाएका हुन् ।

यी लगायतका विषयमा प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर जवाफ दिनुपर्ने उनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?