
२० भदौ, काठमाडौं । सरकारले हिजोदेखि सामाजिक सञ्जालहरू चल्नबाट रोक लगाएसँगै यसका पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।
विभिन्न २६ वटा सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय सरकारले गरेको हो ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसबारे प्रतिक्रिया दिएका छन् ।
प्रायजसो: सामाजिक सञ्जालबाटै आफ्ना भनाइहरू राखिरहने मेयर शाहले ‘फेसबुक बन्द हुँदा तनाव हुने रहेछ’ भनेर आफ्नो अनुभव शेयर गरेका छन् ।
‘फेसबुक बन्द गरेर नि तनाव हुँदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए,’ बालेनले फेसबुकमै लेखेका छन्, ‘बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भाषण दिनेहरूलाई ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4