+
+
Shares

सुनको भाउ ३ हजार १ सय रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर २५१५ रुपैयाँ पुगेको छ।

२४ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ३ हजार १ सय रुपैयाँले सुन महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ तोकेको छ । सुनको यो भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ११ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले चाँदीको भाउ बढेको हो । हिजो प्रतितोला २४७५ रुपैयाँ रहेको चाँदी आज २५१५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?