+
+
Shares

पोर्चुगलमा श्रद्धाञ्जली सभासँगै नेपालमा शान्तिको कामना

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ भदौ २५ गते ६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलको लिस्वनमा नेपाली समुदायले नेपालमा भएको युवा तथा विद्यार्थीहरूको हत्याको विरोधमा मैनबत्ती जलाएर कार्यक्रम आयोजना गर्‍यो।
  • कार्यक्रममा सहभागीहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको स्मरण गर्दै हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीको माग गरे।
  • लिस्वनस्थित नेपाली दूतावासबाट राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जेन-जी समर्थक समूहले हटाउन लगाएका छन्।

२५ भदौ लिस्वन । नेपालमा सरकारले गरेको युवा तथा विद्यार्थीहरूको हत्याको विरोधमा पोर्चुगलमा नेपाली समुदायले कार्यक्रमको आयोजना गरे । राजधानी लिस्वनको अलमेदा पार्कमा भेला भएका नेपालीहरुले शान्तिपूर्ण आन्दोलनमा भएको दमन र निहत्था युवा तथा विद्यार्थीको हत्याको आलोचनासँगै नेपालमा शान्तिको कामना पनि गरेका हुन् ।

मंगलवार राति सयौंको संख्यामा सहभागी नेपालीहरू हातहातमा मैनबत्ती लिएर पार्कमा जम्मा भएका थिए । राजधानी र आसपासका क्षेत्रमा बसोवास गर्ने नेपालीहरू उक्त कार्यक्रममा स्वतःस्फूर्त रुपमा जम्मा भएका थिए ।

उनीहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको स्मरण गरेका छन् । मृतकहरुको आत्मा शान्तिका लागि आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा सहभागीहरुले हत्यामा सम्लग्नहरुलाई कानूनी कारबाही हुनु पर्ने माग गरेका छन् ।

विरोध सभा तथा श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले आन्दोलन नियन्त्रणका नाममा भएको उक्त हत्यामा सम्लग्नहरूलाई अब बन्ने सरकारले अधिकतम सजाय दिनुपर्ने माग गरेका छन् ।

उनीहरूले प्रवासमा रहेर नेपालको अहिलेको अवस्थामा हेर्नुपर्दा असाध्यै पीडा भएको भन्दै आन्दोलन र क्रान्तिका नाममा नेपालमा गरिने हत्या यही नै अन्तिम हुनुपर्ने बताएका छन् ।

दूतावासबाट हटाइयो फोटो

लिस्वनमा अवस्थित नेपाली राजदूतावासमा रहेको राष्ट्रपति रामचन्द्र पौडेल र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर हटाइएको छ । मंगलवार दिउँसो दूतावास कार्यलय पुगेका जेन-जी समर्थक समूहले उनीहरुको तस्विर हटाउन लगाएका हुन् ।

नेपालमा भएको नागरिक दमन र हत्याले आफुहरुलाई आक्रान्त पारेको र त्यसको मुख्य व्यक्ति अहिले सत्तामा रहेकाहरू रहेकोले उनीहरूको तस्वीर कार्यालयबाट तत्काल हटाउन उनीहरुले माग गरेका थिए ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?