+
+
Shares

पोर्चुगलकी विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

भ्रमणको मुख्य तालिका अनुसार वैशाख १७ गते डा. जाभियरले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलकी विदेश राज्यमन्त्री डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि अप्रिल २९ मा नेपाल आउने भएकी छन्।
  • वैशाख १७ गते डा. जाभियरले परराष्ट्र सचिव अमृत बहादुर राईसँग द्विपक्षीय वार्ता गर्नेछिन् र परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
  • भ्रमणले नेपाल र पोर्चुगलबीच कूटनीतिक तथा आर्थिक सम्बन्ध सुदृढ पार्ने र नेपाली समुदायको हित र श्रम सहयोग विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

१५ वैशाख, काठमाडौं । परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि भोलि (अप्रिल २९) नेपाल आउने भएकी छन्। आगामी मे १ सम्म हुने यस भ्रमणका क्रममा उनले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको मुख्य तालिका अनुसार वैशाख १७ गते डा. जाभियरले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछिन् । सोही दिन उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यी भेटघाटहरूमा दुई देशबीचको विद्यमान सम्बन्धको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

पोर्चुगलका गैर-आवासीय राजदूत जोआओ रिबेरो डे अल्मेडासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लागेकी डा. जाभियरको यस भ्रमणले नेपाल र पोर्चुगलबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। विशेषगरी पोर्चुगलमा रहेका नेपाली समुदायको हित र श्रम सहयोगका विषयमा पनि यस अवसरमा कुराकानी हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?