+
+
Shares

खण्डहर सिंहदरबारमा भोकले लखतरान कुकुरहरू (तस्वीरहरू)

भित्ताहरू कालो र खरानी छन्, भुइँमा राखिएको प्लास्टिकको कुर्सीको खुट्टासम्म पग्लिएको छ । यस्तो वातावरणमा चुपचाप बसिरेका कुकुरहरू अधिकांश धुलामैला देखिन्छन् । भोकले लखतरान परेका कुकुरहरू एक आपसमा सुँघासुँघ गर्दै बस्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ २९ गते २२:४५

२९ भदौ, काठमाडौं । २४ भदौको आगजनीबाट सिंहदरबार खण्डहर जस्तै छ । आगलागीका बेला नै मान्छेहरू सुरक्षित स्थानमा हिँडे । तर, सिंहदरबारभित्र रहेका कुकुरहरूको कतै जाने ठाउँ थिएन । जुन क्षेत्र आफ्नो ठान्थे, त्यहीँ कतै बसिरहे ।

आगोको मुस्लो र धुँवाबाट निसास्एिर बाँचिरहेका कुकुरहरूले पाँच दिन विनाखाना गुजारिसकेका छन् । आइतबार सिंहदरबारमा मान्छेको चहलपहल बढ्यो । तथापि, क्यान्टिन खुलेका छैनन् । क्यान्टिन नखुल्दासम्म कुकुरहरूले खाना खान पाउने अवस्था छैन ।

भित्ताहरू कालो र खरानी छन्, भुइँमा राखिएको प्लास्टिकको कुर्सीको खुट्टासम्म पग्लिएको छ । यस्तो वातावरणमा चुपचाप बसिरेका कुकुरहरू अधिकांश धुलामैला देखिन्छन् । भोकले लखतरान परेका कुकुरहरू एक आपसमा सुँघासुँघ गर्दै बस्छन् ।

सिंहदरबारमा लागेको आगोले भवन र पार्किङमा रहेका सवारीहरू मात्रै जलेनन्, क्यान्टिनहरू पनि जले । क्यान्टिनबाट फालिएका, बचेर बाँकी रहने खाना खाएर रहेका कुकुरहरू क्यान्टिन नै नरेपछि भोकै हुने नै भए ।

केही कुकुरहरू भोकले रिसाह समेत बन्न थालेका छन् ।

मान्छेलाई शासन दिने प्रशासनिक केन्द्र सिंहदरबारमा आगलागीले गरेको क्षति आंकलन गरिँदैछ । तर, बेवारिसे कुकुरहरूको पीडा सुन्ने कोही निस्किएको छैन ।

कसैले केही खानेकुरा दिइहाल्छन् कि भनेर सहयोगी हात सिंहदरबारका कुकुरहरू कुरिरहेका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?