+
+
Shares

भीमफेदी कारागारबाट भागेका १६१ कैदीबन्दी पक्राउ, २७९ जना अझै फरार

कारागार प्रशासनले दिएको जानकारीअनुसार सोमबार साँझ ७ बजेसम्म १६१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागार फर्काइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदी कारागार तोडफोड गरी भागेका १६१ जना कैदीबन्दी सोमबार साँझसम्म नियन्त्रणमा लिएर कारागार फर्काइएको छ।
  • गत बुधवार मध्यरात र बिहान गरी ४४० जना कैदीबन्दी फरार भएका थिए र २७९ जना अझै फरार रहेको कारागार प्रमुखले बताए।
  • कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच ४ घण्टासम्म झडप भएको थियो र २०० भन्दा बढी हवाई फायर गरिएको थियो।

३० भदौ, हेटौंडा। जेनजीहरुको आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागार तोडफोड गरेर भागेका १६१ जना कैदीबन्दी पक्राउ परेका छन् ।

कारागार प्रशासनले दिएको जानकारीअनुसार सोमबार साँझ ७ बजेसम्म १६१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागार फर्काइएको हो ।

१ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारको ‘क’ ब्लक र ‘ख’ ब्लक तोडफोडपछि गत बुधवार मध्यराती र बिहान गरेर ४४० जना कैदीबन्दी फरार भएका थिए ।

गत बुधवार मध्यरातमा ‘क’ ब्लकबाट २६० जना र बिहानको समयमा ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । २७९ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए । उनीहरुको तीव्र खोजी भइरहेको उनले बताए ।

सोमबार १८ जना कैदीबन्दी आफैं कारागारको सम्पर्कमा आएको कारागार प्रमुख पौडेलले जनाए । हाल भीमफेदी कारागारमा ८ सय ३४ जना कैदीबन्दी रहेका छन् ।

६० जना अन्य कारागारबाट फरार भई पक्राउ परेका कैदीबन्दीहरु भीमफेदी कारागारमा ल्याइएको छ । जसमध्ये ६ जनालाई सोमबार सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको प्रमुख पौडेलले बताए ।

गत बुधवार कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो । कैदीबन्दीहरुले कारागारको पश्चिम तर्फको पर्खाल भत्काएर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?