+
+
Shares

भीमफेदी कारागार र बाल सुधार गृहबाट भागेका तीन कैदीबन्दी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते २१:२१

१८ माघ, हेटौंडा । २३–२४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागार र हेटौंडा बाल सुधार गृहबाट फरार रहेका तीन जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

भिमफेदी कारागारबाट फरार भएका जर्वजस्तीकरणी मुद्दाका मकवानपुरको बागमती गाउँपालिका– कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान, लागुऔषध मुद्दाका हेटौंडा उपमहानगरपालिका–७ हरियाली घर भएका २२ वर्षीय बिशाल गोलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बाल सुधार गृह हेटौडाबाट फरार लागूऔषध मुद्दाकै एक जना बालकलाई पनि पक्राउ गरिएको छ ।

माघ १७ र १८ गते पक्राउ परेका तीन जना कैदीबन्दीलाई भीमफेदी कारागार र बाल सुधार गृह पठाइएको डीएसपी बोगटीले बताए । जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारको पर्खाल फुटाएर ४ सय ४० जना कैदीबन्दी भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?