+
+
Shares

स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले चाहेको गीत खोज्न र बजाउन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पोटीफाईले निःशुल्क प्रयोगकर्ताका लागि नयाँ सुविधा 'पिक एन्ड प्ले', 'सर्च एन्ड प्ले', 'सेयर एन्ड प्ले' विश्वव्यापी रूपमा उपलब्ध गराएको छ।
  • निःशुल्क प्रयोगकर्ताले सामाजिक सञ्जालमा सेयर गरिएको गीत सुन्न र खोज्न सक्ने भएका छन्, जसले संगीत अनुभवलाई सहज बनाउँछ।
  • स्पोटीफाईले नेपालमा शुल्क बढाएको छ र नेपालमा यसको प्रयोगकर्ता संख्या बढिरहेको छ भन्ने जानकारी दिएको छ।

काठमाडौं । विश्वसंगीतको चर्चित अडियो प्लाटफर्म स्पोटीफाईले पछिल्लो समय प्रयोगकर्ताको लागि नयाँ नयाँ सुविधा ल्याइरहेको छ । सशुल्क प्रयोगकर्ताले यसका धेरै फिचर प्रयोग गर्न पाउँछन् ।

अब स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताको लागि पनि खुसीको खबर छ । टेकक्रन्चका अनुसार स्पोटीफाईले नयाँ अपडेट ल्याएको छ । जसअनुसार, निःशुल्क प्रयोगकर्ताले आफ्ना साथी र मनपर्ने कलाकारले सामाजिक संजालमा सेयर गरेको, आफूले सुन्न चाहेको र खोजेको गीतलाई सुन्न पाउनेछन् ।

स्पोटीफाईले नयाँ फिचरको नाम ‘पिक एन्ड प्ले’, ‘सर्च एन्ड प्ले’, ‘सेयर एन्ड प्ले’ राखेको छ । ‘पिक एन्ड प्ले’ फिचरअनुसार प्रयोगकर्ताले आफूले चाहेको कुनै पनि गीत छान्न र बजाउन सक्छन् वा कुनै विशेष गीत खोज्न र बजाउन पनि सक्छन् ।

‘सेयर एण्ड प्ले’ सुविधाले निःशुल्क प्रयोगकर्तालाई सामाजिक सञ्जालमा संगीत भेट्दा स्पोटिफाई खोल्न प्रोत्साहित गर्न सक्छ । उदाहरणका लागि, इन्स्टाग्रामले प्रयोगकर्तालाई ध्वनिको साथ स्टोरी र नोट्समा स्पोटिफाई गीत सेयर गर्न अनुमति दिन्छ ।

स्पोटिफाईले नयाँ सुविधा विश्वव्यापी रूपमा निःशुल्क प्रयोगकर्ताका लागि उपलब्ध गराइने बताएको छ, तर अझै पनि केही प्रतिबन्ध हुनेछन् जुन प्रिमियम प्रयोगकर्ताले सामना गर्नु पर्ने छैन ।

स्पोटीफाईले हालै नेपाली प्रयोगकर्ताको लागि पनि शुल्क बढाएको थियो । पछिल्लो समय नेपालमा पनि स्पोटीफाईका प्रयोगकर्ता बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?