+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सन् २०२५ मा सबैभन्दा धेरै सुनिने गीत बन्यो ‘डाई विथ अ स्माइल’, १.७ अर्ब पटक सुनियो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ।
  • स्पोटीफाईले सार्वजनिक गरेको ‘स्पोटीफाई र्‍याप्ड’ सूचीमा ‘डाई विथ अ स्माइल’लाई १.७ अर्ब पटक सुनेको तथ्य उल्लेख गरिएको छ।
  • के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’की स्टार ‘रोजी’सँग मिलेर ब्रुनो मार्सले गाएको ‘एपीटी’ गीत तेस्रो स्थानमा रहेको छ।

काठमाडौं । लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ ।

विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ ।

रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार ‘रोजी’सँग मिलेर ब्रुनो मार्सले गाएको अर्को बहुचर्चित ‘एपीटी’ गीत तेस्रो स्थानमा छ । दोस्रो स्थानमा भने बिली इलिशको ‘बर्ड्स अफ अ फिदर’ छ ।

एलेक्स वारेनको ‘अर्डिनरी’ चौंथो, ब्याड बन्नीको ‘डिटीएमएफ’ पाँचौ, सोम्बरको ‘ब्याक टु फ्रेन्ड्स’ पाँचौ, एन्टर एक्सको ‘गोल्डेन’ छैटौं स्थानमा स्ट्रिमिङ भएका छन् ।

केन्ड्रिक लामारको ‘लुथर’ सातौं, ग्रेसी अब्राम्सको ‘द्याट्स सो ट्रु’ आठौं, बिली इलिशको ‘वाइल्ड फ्लावर’ नवौंमा र गिगी पेरेजको सेलर सङ दशौं स्थानमा छन् ।

समग्र सूची तपाईंले स्पोटीफाईको र्‍याप्ड खण्डबाट प्राप्त गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?