
३१ भदौ, काठमाडौं । ई-७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने कार्य तत्कालका लागि बन्द गरिएको छ । ई–७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढेको थियो ।
तर, यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यान्वयन नगर्न निर्देशक दिएको थियो । सोही आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत कार्यान्वय नगर्न भन्दै वैदेशिक रोजगार विभागलाई परिपत्र गरेको थियो ।
मन्त्रालय र आयोगको पत्रको आधारमा तत्काल लागि स्थगित गरिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए ।
श्रम मन्त्रालयले भदौ २९ गते विभागलाई पचात्रार गर्दै बी–टू–बी माध्यमबाट ई–७ भिसामार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनी निर्देशन दिएको थियो । सोही आधारमा तत्काल उक्त कार्यविधि कार्यविधि कार्यान्वन नहुने सूचना अधिकारी ढकालले बताए ।
श्रम मन्त्रालयले म्यानपावर कम्पनीमार्फत सिपयुक्त श्रमिक पठाउनेगरी कार्यविधि जारी गरेको थियो । सोही आधारमा मन्त्रालयले गत असारमा कार्यविधिमा तेस्रो संशोधन गरेर कामदार पठाउने प्रक्रिया अघि बढाएको थियो । त्यसका लागि कोरियास्थित नेपाली राजदूतावासलाई समेत सीपयुक्त कामदारको हकमा मागपत्र प्रमाणीकरण गर्न परिपत्र गरेको थियो ।
परिपत्र गरेको एक महिना वितिसक्दा समेत कुनै पनि डिमाण्ड नआएको दूतावासले प्रष्ट पारेको थियो । म्यानपावर कम्पनीमार्फत कामदार पठाउँदा ईपीएस मार्फत कामदार पठाउने प्रकृयामा असर पर्नेतर्फ चिन्ता व्यक्त गर्दै आएका थिए ।
प्रतिक्रिया 4