
४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ ।
शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खसेको खुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ ।
आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4