+
+
Shares

‘मिस्टर नेपाल वर्ल्ड २०२५’को उपाधि हिमाञ्चलराज केसीलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमाञ्चलराज केसीले होटल सोल्टीमा आयोजित ग्रान्ड फिनालेमा मिस्टर नेपाल वर्ल्ड २०२५ को उपाधि जितेका छन्।
  • गिरिशरत्न शाक्यले मिस्टर ग्लोबल नेपाल र प्रकाश चौहानले म्यान अफ द वर्ल्डको उपाधि जितेका छन्।
  • विजेताले ५ लाख रुपैयाँ पुरस्कार र मिस्टर वर्ल्ड वा मिस्टर ग्लोबल २०२५ मा प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

काठमाडौं । ‘मिस्टर नेपाल वर्ल्ड २०२५’ को उपाधि हिमाञ्चलराज केसीले जितेका छन् । शनिबार होटल सोल्टीमा आयोजित ग्रान्ड फिनालेमा ३ विधामा मिस्टर नेपाल घोषित गरियो ।

केसीले ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि जित्दा मिस्टर ग्लोबल नेपालको उपाधि गिरिशरत्न शाक्यले जिते ।

‘म्यान अफ द वर्ल्ड’को उपाधि प्रकाश चौहानले प्राप्त गरे । निश्चल मानन्धर पहिलो उपविजेता र दर्पणसिंह गिरी दोस्रो उपविजेता घोषित भए । उपाधिका लागि ३० जना फाइनलिस्ट भिडेका थिए ।

विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोवल २०२५’ मा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । विजेतालाई ५ लाख बराबरको पुरस्कार समेत प्रदान गरियो ।

नेक्स्ट मोडल्स नेपालले प्रतियोगिता आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?