+
+
Shares

‘होमबाउन्ड’ भारतबाट अस्करमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सन् २०२६ को अस्कर अवार्ड अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि भारतबाट आधिकारिकरुपमा छनोट भएको छ।
  • करण जोहरले निर्माण गरेको फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन्।
  • फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको र ‘होमबाउन्ड’ले विश्वका सयभन्दा धेरै देशबाट सिफारिस भएका फिल्मसँग मनोनयनको लागि प्रतिस्पर्धा गर्नेछ।

दिल्ली । नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सन् २०२६ को अस्कर अवार्ड अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि भारतबाट आधिकारिकरुपमा छनोट भएको छ ।

करण जोहरले निर्माण गरेको फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन् ।

पीटीआईका अनुसार फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको हो । छनोट समितिका अध्यक्ष एन चन्द्रका अनुसार विभिन्न भाषाका २४ फिल्म छनोटको प्रतिस्पर्धामा थिए ।

‘होमबाउन्ड’ले आगामी अस्करमा विश्वका सयभन्दा धेरै देशबाट सिफारिस भएका फिल्मसँग मनोनयनको लागि प्रतिस्पर्धा गर्नेछ ।

निर्माता करण जोहरको निर्माण कम्पनी धर्मा प्रोडक्सनले यस अवसरमा ट्वीट गर्दै खुसी व्यक्त गरेको छ ।

ट्वीटमा लेखिएको थियो, ‘हामीलाई यो घोषणा गर्न पाउँदा गर्व छ कि होमबाउन्ड ९८ औं एकेडेमी अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि भारतको आधिकारिक प्रवेश हो ।’

भारतबाट यस विधामा तीन भारतीय फिल्म ’मदर इन्डिया’, ’सलाम बम्बे’ र ’लगान’ मनोनित भइसकेका छन् । सन् २०२३ मा निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सर्वश्रेष्ठ मौलिक गीत विधामा अस्कर जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?