
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली कांग्रेसका कांग्रेसमा संरचनात्मक सुधार गर्न भन्दै १२ बुँदे प्रस्ताव अघि सारेका छन् ।
राष्ट्र निर्माण र लोकतान्त्रिक पार्टीको रूपान्तरणलाई एकसाथ अगाडि बढाउनु पर्ने भन्दै उनले भिडियो सन्देशमार्फत देशभन्दा माथि व्यक्ति र पार्टी होइन भनेर कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
जीवनभर देशलाई नै पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै उनले फेरि पनि देशलाई प्राथमिकतामा राखेर कांग्रेसमा संरचनात्मक सुधार गर्न सकिने र यसका लागि १२ वटा काम गर्नुपर्ने उनको प्रस्ताव छ ।
जसमा उनले लोकतान्त्रिक पार्टीले प्राइमरी प्रणालीको अवलम्बन गर्नुपर्ने बताएका छन् । सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन गर्नुपर्ने उनको प्रस्ताव छ ।
संगठन संरचना सरलीकरण गर्न अनावश्यक तह हटाउने, आन्तरिक निर्वाचन प्रणाली ४ वर्षमा अनिवार्य गर्ने, पार्टी सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिने व्यवस्था गर्नुपर्ने उनको आग्रह छ ।
उनका अनुसार पारदर्शिता र जवाफदेहिता अपनाउन चन्दा/फण्डिङ पूर्ण रूपमा अनलाइन खातामार्फत सार्वजनिक गर्ने, शून्य सहनशीलता नीति अन्तर्गत भ्रष्ट र अपराधीले सदस्यता गुमाउने प्रावधान राख्नुपर्छ ।
समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने, सदस्यता प्रणाली सुधार गरेर डिजिटल एपमार्फत सदस्यता वितरण गर्ने लगायतका प्रस्ताव बजगाईंले अघि सारेका हुन् ।
हेर्नुहोस् सुझाव :
नेपाली कांग्रेस संरचनात्मक सुधार प्रस्ताव
“राष्ट्र निर्माण र लोकतान्त्रिक पार्टीको रूपान्तरण”
- देशभन्दा माथि व्यक्ति र पार्टी होइन
- जीवनभर देशलाई नै पहिलो प्राथमिकता दिइयो।
- २४/२५ वर्ष विदेश घुमे पनि मातृभूमि नछोड्ने दृढ संकल्प गरिरहें।
- वाह्य शत्रु र SADIST प्रवृत्तिले आक्रमण गरे।
१. लोकतान्त्रिक पार्टीले के गर्ने ?
प्राइमरी प्रणालीको अवलम्बन;
- उम्मेदवार छनोट : सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन।
- मतदाता :
- क्लोज्ड प्राइमरी — केवल क्रियाशील सदस्य।
- ओपन प्राइमरी — आम नागरिकलाई सहभागी गराउने।
- नियम : उम्मेदवारले सदस्यता वितरण वा निर्देशन गर्न नपाउने।
- सदस्यता वितरण : पूर्ण रूपमा अनलाइन डिजिटल प्रणालीमार्फत। तर त्यो Apps अन्तर्राष्ट्रीय सुरक्षामापदण्डको हुनुपर्नेछ
- उद्देश्य : वंशवाद, भागबन्डा र सिण्डिकेट अन्त्य हुनुपर्नेछ।
२. संगठन संरचना सरलीकरण
- प्रदेश कमिटी खारेज — अनावश्यक तह हटाउने।
- जिल्ला–केन्द्र प्रत्यक्ष सम्बन्ध — संगठनलाई सरल र जवाफदेही बनाउने।
- वडा/नगर इकाइ सुदृढ — पार्टीको वास्तविक आधार र जनसम्पर्क केन्द्र स्थापना।
३. आन्तरिक निर्वाचन प्रणाली
- ४ वर्षमा अनिवार्य निर्वाचन।
- सभापति, महामन्त्री, विभाग प्रमुख — सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिने हुनुपर्नेछ।
- डिजिटल भोटिङ — भ्रष्टाचार, धाँधली र हस्तक्षेप रोक्ने।
४. नीतिगत बहस र थिङ्क ट्याङ्क
- Policy Caucus निर्माण हुनुपर्नेछ।
- विचारधारात्मक बहसलाई संस्थागत बनाउने।
- प्रमुख नीति — आन्तरिक मतदान र सार्वजनिक बहस अनिवार्य।
५. पारदर्शिता र जवाफदेहिता
- चन्दा/फण्डिङ — पूर्ण रूपमा अनलाइन खातामार्फत सार्वजनिक।
- शून्य सहनशीलता नीति — भ्रष्ट र अपराधीले सदस्यता गुमाउने छ।
- Recall अधिकार — असफल प्रतिनिधिलाई आम सदस्यले फिर्ता बोलाउने।
६. समावेशी प्रतिनिधित्व
- Youth Quota : ४० वर्ष मुनिका कम्तीमा ५० प्रतिशत।
- Women Quota : न्यूनतम ४० प्रतिशत।
- Diaspora Representation : विदेशस्थित नेपालीलाई पनि मतदान अधिकार। तर आन्दोलित Generation बाटै खोज्ने प्रावधान राखिने छ।
७. सदस्यता प्रणाली सुधार
- डिजिटल एपमार्फत स्वतः सदस्यता — नेताले वितरण नगर्ने।
- देशको समग्रप्रणाली विश्वस्तरीय सुरक्षा, liability protection, safeguards पार्टीको विश्वसनीयता प्रधान नीति हुनुपर्नेछ।
८. बदलिंदो परिस्थितिमा सबै संरचना कार्यसमिति Caretaker हुनुपर्नेछ अनिवार्य छ। सक्रिय कमिटीहरू अस्थायी खारेज तो तदर्थ हुनुपर्नेछ।
९. सर्वसाधारण मतदान (विशेष व्यवस्था)
कुनै पनि नेपाली नागरिकलाई एकपटक पार्टी नेतृत्व छनोटमा मतदान गर्ने अधिकार। यो पार्टीभित्रका षड्यन्त्रविरुद्ध वाह्य चेक एण्ड ब्यालेन्स अनिवार्य शर्त हो। तर यसलाई क्लोज्ड सदस्यले नियंत्रण गर्नेछ।
१०. शून्य सहनशीलता नीति (कठोर प्रतिबद्धता)
- भ्रष्टाचार, सामूहिक हत्या वा मानवता विरुद्धको अपराधीलाई — आजीवन सदस्यता निषेध गर्नेछ।
- Ethics Committee — अनुशासन र सत्यनिष्ठा सुनिश्चित गर्ने।
११. राष्ट्रिय सुरक्षा र अर्थनीति
- गोर्खा परम्परा पुनर्जागरण — आत्मगौरव र सैनिक शक्ति पुनर्स्थापना।
- महाथिर मोडलबाट प्रेरित पूर्वाधार विकास — एयरपोर्ट, सडक, होटल क्लस्टर, सञ्चार पूर्वाधार।
- उत्तर–दक्षिण ४/६/८ लेन महामार्ग — दीर्घकालीन समृद्धिको धमनी।
- विदेशी बैंक र वित्तीय पहुँच — नियमनसहित खुला प्रतिस्पर्धा र लगानी प्रवाह।
- सन्तुलित विदेश नीति — भारत, चीन, अमेरिका र पश्चिमसँग व्यवहारिक साझेदारी; राष्ट्रिय स्वार्थ सर्वोपरि।
१२. युवा र आन्दोलन मान्यता
- Gen Z र Alpha लाई निर्णायक ठाउँ — नेतृत्व र प्रशिक्षण कार्यक्रम।
- सेप्टेम्बर आन्दोलन — औपचारिक मान्यता, त्यसका मागहरू पार्टी नीतिमा समावेश।
नेपाली कांग्रेस वंशवाद–रहित, पारदर्शी, आधुनिक र राष्ट्रिय हितमा अडिग लोकतान्त्रिक पार्टीमा रूपान्तरण हुनेछ।
सुरक्षा, अर्थतन्त्र, पूर्वाधार, समावेशिता र पारदर्शिता नै भविष्यको कांग्रेसको स्तम्भ।
“अबको कांग्रेस — जनतासँग, राष्ट्रको आत्मगौरवसहित।”
प्रतिक्रिया 4