+
+
Shares

फिल्म हलमा चहलपहल, दर्शक भेट्न हल भिजिटमा कलाकार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फूलपातीमा फिल्म रिलिजसँगै कलाकारहरू बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरका हल–हलमा पुगेर दर्शक भेटिरहेका छन्।
  • बलिदानका समीर भट्ट, ऋचा शर्मा, प्रेम पुरी र निर्देशक सन्तोष सेनले दर्शकसँग संवाद गरेका छन्।
  • हरिवंश आचार्य, प्रकाश सपुत, प्रियंका कार्की र माइतीघरका कलाकारहरूले पनि फिल्म प्रवर्धनका लागि हल–हलमा पुगेका छन्।

काठमाडौं । फूलपातीमा फिल्म रिलिज भएसँगै कलाकारलाई ‘हल भिजिट’मा भ्याइनभ्याइ देखिएको छ । बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरले हल–हलमा पुगेर दर्शक भेटिरहेका छन् ।

प्राप्त तस्वीरमा ‘बलिदान’का कलाकार समीर भट्ट, ऋचा शर्मा, प्रेम पुरी, निर्देशक सन्तोष सेन हलमा पुगेर दर्शकलाई भेटिरहेको देखिन्छ ।

अभिनेता हरिवंश आचार्य, प्रकाश सपुत, अभिनेत्री प्रियंका कार्की आफ्नो फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रचारप्रसारको लागि हल-हलमा पुगिरहेका छन् । दर्शकको जिम्मामा फिल्म छाडेको हरिवंशले बताए ।

यस्तै, फिल्म ‘माइतीघर’ प्रवर्धनको लागि कलाकार केदार घिमिरे, धीरज मगर, उपासनासिंह ठकुरी हल–हलमा पुगिरहेका छन् । उनीहरूले दर्शकबाट प्रतिक्रिया बुझिरहेका छन् ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?