+
+
Shares

राष्ट्रपतिले पौडेलले पुरोहितबाट लगाए टीका

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १४:४३

१६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितबाट टीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ बजेको शुभ साइतमा टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका थिए ।

त्यसपछि राष्ट्रपति पौडेलले श्रीमती सविता तथा परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष अरु नागरिकलाई टीका लगाइदिएनन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?