
News Summary
Generated by OK AI. Editorially reviewed.- अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डमा पहिरोका कारण सवारी साधन अवरुद्ध भएको छ।
- धुलिखेल ८ तिरतिरे धारामा रातिदेखि वर्षासँगै ढुङ्गा खस्न सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
- सवारीसाधनलाई धुलिखेल र पाँचखालमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए।
१८ असोज, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पहिरोका कारण सवारी साधन अवरुद्ध भएको छ ।
रातीदेखिको बर्षासँगै अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग अवरुद्ध भएकोजिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
हुस्सु लागेको र माथिबाट ढुंगा समेत खसिरहेकोले गाडीहरू रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
अरनिको राजमार्ग भएर चल्ने सवारीसाधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4