
१८ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।
आयोगले विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
साथै आयोगले विपद्पूर्वको तयारी तथा उद्धारमा सघाउन राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता, विभिन्न सङ्घ संस्था र नागरिक समाजलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4