+
+
Shares

मनमती खोलाले कटान गर्दा घरहरू जोखिममा (तस्वीरहरू)

शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा कटान गरेको हो।  खोलाले सडक कटान गर्दा  यहाँका घरहरू जोखिममा परेको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ असोज १८ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक मतमती खोलाले कटान गर्दा घरहरू जोखिममा परेको छ।
  • शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा सडक भत्किएको छ र स्थानीय त्रसित भएका छन्।
  • प्रहरी टोलीले घटना स्थलमा सतर्कता अपनाउन अपिल गरेको छ र जल तथा मौसम विभागले निरन्तर वर्षा रहने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।

१८ असोज, काठमाडौं। काठमाडौंको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक रहेको मनमती खोलामा  कटान गर्दा घरहरू जोखिममा परेको छ ।

मनमती खोलालाई करखुशी खोलाको नामले पनि चिनिन्छ । शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा कटान गरेको हो।  खोलाले सडक कटान गर्दा  यहाँका घरहरू जोखिममा परेको छ ।

खोलाले सडक भत्काएपछि यहाँकमा स्थानीयहरू त्रसित बनेका छन् ।

नेपाली प्रहरी कालिमाटी तथा महानगर प्रहरीको टोलीले घटना स्थलमा सतर्कता अपाउन अपिल गरेको छ ।

साथै आवश्यक सहयोगको लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ ।

यता, जल तथा मौसम विभागले भोलिसम्मै निरन्तर वर्षा रहने बताएको छ भने नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?