+
+
Shares

७ वटा नदीहरुको बाढी खतराको तहमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते ७:४३

१९ असोज, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र पूर्वका विभिन्न ७ वटा खोला तथा नदीहरुमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार, खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएकाले बागमतीमा पानीको तह स्थिर रहेको महाशाखाले जनाएको छ ।

सप्तकोशीको चतरामा पनि बाढीले खतराको तह पार गरेको छ ।

अरुण नदीको सिम्ले जलमापत केन्द्रमा पनि बाढीले खतराको तह पार गरेको छ । सुनकोशीको खुर्कोट, तमोरको मुलघाट र त्रिवेणीमा पनि बाढी खतराको तहभन्दा माथि पुगेको छ ।

बुढीखोला, कन्काई र बिरिङखोलाको बाढीले पनि खतराको तह पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?