
१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कोहिनूर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्याएको ठाउँमा सडक मर्मतको काम थालिएको छ ।
महानगर प्रहरीहरु खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका हुन् ।
शनिबारको बाढीले खोला किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका थिए ।
प्रहरी र महानगर प्रहरीको टोलीले हिजो नै बाँस राखेर बाढी रोकथामका उपाय अपनाएका थिए ।
खोलाको बाढी घटेर सामान्य भएपछि आज बिहानैदेखि थप मर्मतको काम थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4