+
+
Shares

बागमतीमा मन्त्रालय घटाउन र संसद बैठक बोलाउन माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १०:००

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन माग गरेको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलसहितले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै मन्त्रालयको संख्या १४ बाट घटाएर ७ बनाउन माग गरेको हो ।

माओवादीले तत्काल संसदको बैठक बोलाउन र बाढीपहिरोमा परेकालाई तत्काल राहत र क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि पहल गर्न पनि माग गरेको छ ।

प्रदेशका दलहरूबीच सहकार्य र समन्वयका लागि पहल गर्ने, जनताको विश्वास कायम राख्दै सरकार सञ्चालनका चुनौतीहरू समाधान गर्न नीति, दृष्टिकोण र योजनाअनुसार अघि बढ्नुपर्ने सुझाव माओवादीले दिएको छ ।

८ बुँदे माग तथा सुझावसहितको ज्ञापनपत्रमा माओवादीले चालु आर्थिक वर्ष ०८२/०८३ को वार्षिक बजेट पारित गर्नुपूर्व सरकारले प्रदेश सभामा गरेको प्रतिबद्धता अनुसार बजेट कार्यान्वयन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?