+
+
Shares

त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १७:४२

२३ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’

उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?