+
+
Shares

सशस्त्र प्रहरीका प्रवक्ता धौवजीको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १९:३०

२४ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको अनिवार्य अवकाश भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा हल्चोक पुगेका गृहसचिव रामेश्वर दंगालले आज शुक्रबार उनलाई बिदाई गर्दै अवकाश पछिको जीवनका लागि शुभकामना व्यक्त गरे ।

उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले संगठनमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

३० वर्षे अवधिका कारण अनिवार्य अवकाश भएका धौवजी २५ असोज २०५२ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी गठन भएपछि उनी स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?