+
+
Shares

तनहुँमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्युु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको बिमलनगरमा बस र स्कुटर ठोक्किँदा २८ वर्षीय पुनराम गुरुङको मृत्यु भएको छ।
  • गम्भीर घाइते मनोज गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
  • दुर्घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय तनहुँले गरिरहेको छ।

२५ असोज, गोरखा । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बिमलनगरमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ ।

आबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ ख ९७०८ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्वरको स्कुटर शनिबार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि स्कुटर चालक गोरखाको धार्चे गाउँपालिका–७ का २८ बर्षीय पुनराम गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि गुरुङलाई चितवन मेडिकल कलेज पठाइएको थियो ।

उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्कुटरको पछाडी सवार धार्चे गाउँपालिका–७ कै ३२ बर्षीय मनोज गुरुङ घाइते भएका छन् ।

टाउकोमा चोट लागेको उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?