+
+
Shares

तनहुँमा आठ महिनामा १८३ क्षयरोगी उपचार गर्न आए

जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १८:५६

९ चैत, दमौली (तनहुँ) । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए । त्यसमध्ये १३ जनाको मृत्यु भएको थियो । उहाँका अनुसार नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको छ ।

यसैगरी आव २०८०/८१मा जिल्लामा ३२५ क्षयरोगी भेटिएका थिए । आव २०७९/८० मा २८५ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ ।

कँडेलका अनुसार १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?