News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं भेरिकरिडोर सडकखण्डको अनुगमन गर्दै डोल्पा पुगेका छन्।
- मन्त्री चौलागाईंले ३३ किलोमिटर सडक निर्माण कार्य नेपाली सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयनबारे जानकारी लिएका छन्।
- सडक विभागका महानिर्देशकसहितको टोलीले जाजरकोटदेखि डोल्पासम्मको सडकखण्डको अवस्था र चुनौतीबारे जानकारी लिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
९ चैत, डोल्पा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं भेरिकरिडोर सडक खण्डको अनुगमन गर्दै डोल्पा पुगेका छन् ।
मन्त्री चौलागाईं सुर्खेत–छिन्चु–जाजरकोट हुँदै डोल्पासम्मको भेरिकरिडोर सडकखण्डको स्थलगत अनुगमन गर्दै सोमबार साँझ डोल्पा पुगेको उनकाे सचिवालयले जनाएको छ।
मन्त्रीसँगै सडक विभागका महानिर्देशक (डीजी) तथा इन्जिनियरसहितको टोली जाजरकोटदेखि डोल्पासम्मको सडकखण्डको अवस्था, प्रगति र चुनौतीबारे जानकारी लिँदै डोल्पा पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
गत १ चैतको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डअन्तर्गत ३३ किलोमिटर निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयपछि कार्यान्वयनको अवस्था र कसरी सुरुवात गर्न सकिन्छ भन्ने विषयमा बुझ्न मन्त्री चौलागाईं डोल्पा पुगेका हुन्।
डोल्पा बसाइँका क्रममा मन्त्री चौलागाईंले स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गर्दै निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
मन्त्री चौलागाईंसहितको टोली मंगलबार बिहान फर्किने तालिका रहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4