
२६ असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाको सचिवालयले सभापति शेरबहादुर देउवासँग कार्यवाहक नमागेको दाबी गरेको छ ।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक नमागिएको दाबी गरेका हुन् ।
हिजो (शनिबार) देउवासँग भएको भेटवार्ताका क्रममा शेखरले कार्यवाहक दिन आग्रह गरेको एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग पुष्टि गरेका थिए ।
अनलाइनखबरमा प्रकाशित उक्त समाचारमा शेखरको सचिवालयले भने आपत्ति जनाएको हो ।
संस्थापन पक्षका तीन नेताका अनुसार, भेटवार्ताका क्रममा शेखरले कार्यवाहक मागेको तर देउवाले दिन अस्वीकार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4