+
+
Shares

जेनजी विद्रोहमा योगेश भट्टराईले औंल्याए दुई अतिवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २२:१३

२६ असोज, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी पुस्ताको आन्दोलनपछि मुलुकमा दुईखाले अतिवाद हाबी हुन पुगेको बताएका छन् ।

सचिवालय बैठकमा राजनीतिक परिस्थितिको व्याख्या गर्ने क्रममा भट्टराईले दुवै अतिवाद सही नहुने तर्क गरेका हुन् ।

‘यो घटनामा केपी ओली, एमाले र कांग्रेसको मात्र गल्ती देख्ने एउटा अतिवाद छ,’ उनको विश्लेषण थियो, ‘अर्को अतिवाद सबै कुरा ठीक थियो, विदेशी षडयन्त्र र घुसपैठ भयो भन्ने छ ।’ यो दुवै अतिवादले सही निष्कर्षमा नपुगिने भट्टराईले बताए ।

जेनजी आन्दोलनले यति विशाल रुप लिनुको पछाडि आन्तरिक कारण मुख्य रहेको पनि उनको निष्कर्ष छ । ‘जमिन मुनि विस्फोट हुने परिस्थिति बनिरहेको थियो । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातका क्षेत्रमा हामीले काम गर्नै सकिरहेका थिएनौं, आम जनतामा निराशा बढिरहेको थियो,’ आन्दोलन चर्किनुको कारणबारे भट्टराईले भने, ‘आधारहरू तयार हुँदा विस्फोट अरूहरूले गरे ।’

भट्टराईले अस्थिरता चाहने विदेशी शक्ति र प्रतिक्रान्ति प्रयास गरिरहेका आन्तरिक शक्तिहरूले जेनजी आन्दोलनमा खलेको उनको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?