+
+
Shares

गगन थापाले भने- सभापति देउवा केन्द्रीय समितिमा अन्तिम पटक सहभागी हुनुभयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा अन्तिम पटक सहभागी भएको बताएका छन्।
  • सभापतिले बाँकी जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर गएको उनले बताए।
  • महामन्त्री थापाले महाधिवेशन छोटो समयमा सम्पन्न गर्न देशभरका नेता–कार्यकर्तामा अतिरिक्त संयम आवश्यक रहेको बताए।

२८ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आज अन्तिम सहभागिता रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता–कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिमपटक सहभागी भएको र सम्बोधन गरेको बताएका हुन्।

‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले भने, ‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एकप्रकारले अन्तिम उपस्थिति रह्यो। उहाँले पार्टी सभापतिको रूपमा महत्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो। त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन।’

उनले सभापतिको सम्बोधनपछि कार्यबाहक सभापतिसँग छलफल भएको र सो छलफलमा पार्टी कार्यालयमा सभापतिको रूपमा अन्तिम सम्बोधन आएकाले त्यसालाई पनि सम्मान गर्दै बैठक टुंग्याइएको बताए।

उनले विशेष महाधिवेशन माग गर्दै संकलन भएको हस्ताक्षर बुधबार दिउँसो ३ बजे बुझ्ने कार्यक्रम तय गरिएको जानकारी दिए।

आफूहरूसँगको छलफलमा सभापतिले १५औं महाधिवेशन समयभित्रै सम्पन्न गर्ने बताउको भन्दै महामन्त्री थापाले भने, ‘हामीले बुझेको समयभित्र भनेको २०८२ को मंसिर मसान्त हो। महाधिवेशन त्यही समयभित्र सम्पन्न हुन्छ।’

उनले छोटो समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने हुनाले देशभरका नेता–कार्यकर्तामा अतिरिक्त संयम आवश्यक रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?