+
+
Shares

पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस ललितपुरमा

जहाँ तीन वटा कार्यक्रम सञ्चाल हुनेछ

पोखरामा चार वटा आंगिक क्याम्पस रहेकोमा यसवर्षदेखि विश्वविद्यालयले ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति क्याम्पसलाई आंगिक बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते २०:००

३१ असोज, काठमाडौं । पोखरा विश्वविद्यालयले ललितपुरमा आंगिक क्याम्पस सञ्चालमा ल्याएको छ ।

पोखरामा चार वटा आंगिक क्याम्पस रहेकोमा यसवर्षदेखि विश्वविद्यालयले ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति क्याम्पसलाई आंगिक बनाएको हो ।

पोखरा विश्वविद्यालयले काठमाडौं उपत्याकामा सञ्चालमा ल्याएको यो पहिलो क्याम्पस हो ।

विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार क्याम्पस सञ्चालनमा ल्याइएको हो ।

श्रमिक शान्ति क्याम्पस यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सामुदायिक क्याम्पस थियो ।

‘क्याम्पससँग छलफल गरेर आंगिक क्याम्पस बनाउन सहमत भएका हौं,’ जोशीले भने, ‘अब श्रमिक शान्ति क्याम्पस पोखरा अन्तर्गतको भएको छ ।’

यो सँगै त्रिविका शैक्षिक कार्यक्रम स्थगित गरिएको छ । यो वर्षदेखि त्रिवि अन्तर्गतका कार्यक्रममा भर्ना नलिए पनि हाल अध्ययनरत विद्यार्थीले भने त्रिवि अन्तर्गत नै आफ्नो कोर्स पूरा गर्न पाउने छन् ।

तर, व्यवस्थापन भने पोखरा विश्वविद्यालयले नै गर्ने छ । ‘त्रिविका कार्यक्रम स्थगन गरेका छौँ । अब पोखरा विश्वविद्यालयको कार्यक्रम सञ्चालन हुन्छ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जोशीले भने ।

विश्वविद्यालयका अनुसार उक्त क्याम्पसमा अब ब्याचलर अफ ल (बीएएलएलबी), ब्याचलर अफ कम्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएस्सीसीएसआईटी) र ब्याचलर अफ आर्टीफिसियल एन्डा डाटा साइन्स (बीएआईडीएस) कार्यक्रम सञ्चालन हुने छ ।

यी कार्यक्रमहरू ८० प्रतिशत शुल्क लिने र २० प्रतिशत छात्रवृत्तिमा विद्यार्थीलाई पढाइने छ । सेमेस्टर प्रणालीमा सञ्चालन हुने कार्यक्रममा चार वर्षमा ५ लाख मुनिमा पढ्न सकिनेछ ।

छात्रवृत्तिमा भने सामुदायिक विद्यालयमा पढेका, दुर्गम, सिमान्तकृत, द्वन्द्व पीडितलाई बढी प्राथमितका दिइने विश्वविद्यालयले जनाएको छ ।

मानविकी डिन सुरेन्द्र तिवारीका अनुसार छात्रवृत्तिको लागि पनि इन्ट्रान्स लिइनेछ । प्रत्येक सेमेस्टरको टपरले पनि छात्रवृत्ति पाउनेछ ।

उनका अनुसार क्याम्पसमा भर्नाको प्रक्रिया सुरु भइसकेको छ । २६ कात्तिकसम्म आवेदन दिने सकिनेछ भने २८ कात्तिकमा इन्ट्रान्स लिइनेछ ।

पोखरा विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका निर्देशक दिपाञ्जल श्रेष्ठका अनुसार नेपालको अहिलेको आवश्यकता अनुसार एआई र डेटाको कोर्स सञ्चालन गर्न लागिएको बताए ।

यो वर्ष स्नातक तहको कार्यक्रम सञ्चालन गरेपनि आगामी वर्षदेखि स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?