+
+
Shares

असन र जमलमा तिहारको किनमेल गर्नेको भीड (तस्वीरहरू)

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ कात्तिक २ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका लगायत देशभर तिहारका लागि आवश्यक सरसामान किन्ने सर्वसाधरणको ठूलो भीड लागेको छ।
  • काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायत स्थानमा तिहारका लागि भाइ मसला, बत्तीका पाला र फूलका माला किन्नेहरूको भीड देखिन्छ।
  • खाद्यान्न, झिलिमिली बत्ती र कपडा पसलमा पनि मानिसको बढी भीडले तिहार पर्वको रौनक दर्शाएको छ।

२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ ।

सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।

विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड देखिन्छ ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ ।

विशेष गरी बजारमा भाइ मसला, बत्तिका पाला तथा फूलका माला किन्नेहरूको भीड लागेको देख्न सकिन्छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि मानिसको भीड उस्तै छ ।

तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ । यस्तै कपडा पसलमा पनि मानिसको बढी भीड देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?