+
+
Shares

वायुसेवा निगमले तिर्‍यो जहाज किन्न लिएको ऋणको असोजसम्मको किस्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले जहाज किन्न लिएको ऋणको असोज मसान्तसम्मको किस्ता तिरेको छ।
  • असोज मसान्तसम्म दुई न्यारोबडी जहाजको पुरै र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरिएको छ।
  • निगमले असोज मसान्तसम्म कुल ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता भुक्तानी गरेको छ।

२ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज किन्न लिएको ऋणको असोजसम्मको किस्ता तिरेको छ ।

निगमका अनुसार असोज मसान्तसम्म दुई न्यारोबडी जहाजको किस्ता वापतको पुरै र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरिएको छ । निगमले यो महिनामा कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न ऋण लिएको थियो । निगमका प्रवक्ता सुवास डांगीले वर्तमान नेतृत्वले निगम सम्हालेयता असोज मसान्तसम्म ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५ठ रुपैयाँ किस्तार रकम भुक्तानी गरिएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?