८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ टिमुरखर्कमा शुक्रबार राति भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार राति करिब ८ बजेर १५ मिनेटमा ७० वर्षीय देवेबहादुर वलीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घर र ढुङ्गा–माटोले बनेको बङ्गलामा आगलागी भएको हो ।
आगलागीको जानकरी भएपछि प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार आगो वलीकै छोरा ३८ वर्षीय खिमबहादुरले लगाएको आशंका प्रहरीको छ ।
मानसिक अवस्था सामान्य नभएका खिमबहादुर हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भए पनि मानवीय र चौपाय क्षति भने नभएको जनाइएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो राति करिब १२ बजे नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया 4