News Summary
Generated by OK AI. Editorially reviewed.- आज १० कात्तिक, काठमाडौंमा छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा छठीमाइको पूजा अर्चना गरेका छन्।
- काठमाडौंका २१ स्थानमा पूजास्थल निर्माण गरिएको छ र तराईसँगै पहाडी तथा हिमाली क्षेत्रका मानिसले पनि छठ मनाउँदै आएका छन्।
१० कात्तिक, काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।
ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य्य दिन्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिन सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल गौरीगाठ र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा पुगेर छठीमाइको पूजा अर्चना गरेका छन् ।

राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको बताए ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
हेर्नुहोस् छठपूजाका तस्वीरहरू :


प्रतिक्रिया 4