+
+

रातु खोलाको पूल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २९ गते १५:०२

२९ साउन, काठमाडौं । महोत्तरी र धनुषाको सीमानामा रहेको रातु खोलाको पूल भासिएपछि गयरातिबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्द भएको छ ।

लगातारको वर्षातका कारण गयराति १२ बजे पूल भासिएपपछि सयौं सवारीसाधन राजमार्गमा रोकिएका छन् । पक्की पूल भासिएपछि पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढमा रोकिएका छन् । त्यसैगरी पश्चिमबाट पूर्व जाने सवारीसाधन महोत्तरीको बर्दिबासमा रोकिएका छन् ।

पूल भासिएपछि अलपत्र परेका सयौं सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउने बैकल्पिक बाटोको खोजी गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त र जिल्ला प्रहरी प्रमुख एसपी राजप्रसाद श्रेष्ठ पूल भासिएको रातो खोलामा पुगेका छन् ।

वैकल्पिक बाटो बनाउनका लागि विहानैबाट सडक डिभिजन कार्यालयका प्राविधिक र कर्मचारी घटनास्थलमा खटिइसकेका छन् । हजारौं यात्रु अलपत्र परेपछि वैकल्पिक मार्गका रुपमा जनकपुर-जलेश्वर-बर्दिवास सडकखण्ड सञ्चालन गरी यातायात सेवा सुरु गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?